सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ । शनिवार गीतको भिडिओ ‘खरो मिडिया’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतको लय, शब्द तथा संगीत संयोजन प्रेमदिप रम्जालीले गरेका छन् । सो गीतको भिडिओमा संचारकर्मी तथा गायिका घिमिरेले आफै अभिनय गरेकी छिन् । गीतलाई अजुर्न महर्जनले निर्देशन, छायाँकन तथा सम्पादन गरेका छन् । गायिका घिमिरेको घर सुर्खेत चिङ्गाड गाउँपालिका रहेको छ ।
भिडिओ हेर्नुहाेस्-
