अछाम असार १७ । ढकालबन्धुको उद्गम स्थल अछामको ढाँकुुमा देउतीबज्यै उपमन्यु वाटीका घेरापर्खाल निर्माण योजनाको अनुुगमन गरिएको छ । कमलजार नगरपालिका बाट देउतीबज्यै उपमन्यु वाटीकाको घेरापर्खाल निर्माणका लागि ५ लाख बजेट विनियोजन गरिएको थियोे ।
कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गरेको अनुगमन टोलिमा अनुगमन समितिका सदस्य तथा ७ नं वडाका वडा अध्यक्ष नृप बहादुर बोहरा, पुर्वाधार विकास शाखा प्रमुख सिभिल सव ईन्जिनियर अम्वेश्वरी कुँवर, योजना शाखाका विरेन्द्र तिमिल्सैना , प्राविधिक अ.स.ईन्जिनियर विक्रम विष्ट, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियोे ।


