मंगलसेन नगरपालिकाका विभिन्न विद्यालयमा स्थापना भएका किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने भएको छ । उक्त सुचना केन्द्रले किशोरीहरुलाई धेरै कुरामा सहज भएकाले यसलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैनो र त्यसका लागि यस संग सरोकार राख्ने संस्था तथा व्यक्तिहरु संग समन्वय गरेर अघि बढ्ने निर्णय समेत गरिएको छ । वाक नेपालको आयोजना,मंगलसेन नगरपालिकाको समन्वय तथा कोइका, युएनएफपिए र जिनीको आर्थिक तथा प्राविधिक सहयोगमा मंगलसेनमा आईतबार सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटीको अध्यक्षतमा बसेको बैठकले षोडशा देवी माध्यामिक विद्यालयमा स्थापना भएको किशोरी मैत्री सुचना केन्द्र लाई सवलिकरण गर्ने, नगरपालिका र अन्य साझेदार संघ संस्थाको समन्वयमा स्थापना भएका किशोर किशोरी मैत्री सुचना केन्द्रहरुको डिसेम्बर महिना भित्र अनुगमन गरिसक्ने निर्णय गरिएको छ ।
यस्तै मंगलसेन नगरपालिका भित्र रहेका माध्यामिक विद्यालयका कक्षा १ देखी ८ को पाठ्य पुस्तकमा किशोर किशोरी तथा युवतीहरुका लागि विभिन्न सम्बन्धित विषय वस्तु समावेश भएकाले साझेद्धारी पाठ्य पुस्तक छपाइका लागि साझेदार संस्थाबाट साझेदारी गर्ने निर्णय समेत गरिएको छ भने महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्न आ आफ्नो क्षेत्रबाट सकारात्क सहयोग गर्ने निर्णय गरिएको छ ।
बैठकमा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, उप प्रमुख संगीता रावल सोडारी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, युएनएफपिएका भरत गोतामे, वाक नेपाल सेफगल्स परियोजनाका कार्यक्रम संयोजक निराजन चौधरी, सेफगल्स परियोजनाका प्रोजेक्ट अफिसर गौरी भण्डारी लगायत समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
