रेडियो केबिएम एफएमको नियमित कार्यक्रम ‘केबिएम बहसमा आज कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर शाहीसँग विशेष संवाद गरिएको छ।
कार्यक्रममा नगरपालिकाका विकास योजना, सेवा प्रवाह, सुशासनका पहल र स्थानीय तहका प्राथमिकताबारे विस्तृत बहस भएको थियो। शाहीले आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आए देखि कमलबजार नगरपालिकाले हाल सम्म गरेका प्रमुख कामहरू, जनताको पहुँचमा सुधार ल्याउने प्रयास र आगामी योजनाहरूका बारेमा जानकारी गराउनु भएको थियोे ।
उनका अनुसार नगरपालिका शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने योजना कार्यान्वयनमा जुटेको छ। साथै, उहाले नागरिकको सक्रिय सहभागितालाई स्थानीय शासनको मेरुदण्डका रूपमा औंल्याउँदै, सबै वडामा समान विकास सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
बहसको सञ्चालन संचालन रेडियो केबिएम एफएमका निर्देशक हिक्मत नेपालीले गर्नुभएको थियो। केबिएम बहस प्रत्येक दिन रेडियो केबिएम एफएम ८९.९ मेगाहर्जबाट बिहान ८ बजेदेखि ९ बजेसम्म आउने गर्दछ। पूरा संवाद समेटिएको भिडियो हेर्न तलको Link Click गर्नुहोला ।
