अछाम कार्तिक १६ । बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसका बिरामीको सफल शल्यक्रिया गरिएको छ।
अस्पतालको इतिहासमै विशेष अवस्थाबाहेक नियमित रूपमा गरिएको यो पहिलो एपेन्डिसाइटिस शल्यक्रिया हो।
चौरपाटी गाउँपालिका–५ का २३ वर्षिया महेन्द्र खड्काको शनिबार दिउँसो शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रोशनी प्रजापतीले जानकारी दिनुभयो ।
शल्यक्रिया शल्यविशेषज्ञ डा. सरोज ढुंगानाको नेतृत्वमा सम्पन्न भएको थियो । अस्पतालका अनुसार बिरामीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
यसअघि बयालपाटा अस्पतालले एपेन्डिसाइटिसका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर रेफर गर्दै आएको थियो। निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रजापतीका अनुसार अस्पतालले अब आवश्यकतानुसार अन्य शल्यक्रिया सेवाहरू पनि विस्तार गर्दै जाने छ।source :paschimraobar.com
Trending
- “विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम तुर्माखाँद गाउँपालिका १ रहफको बिन्द्रासैनि माविमा सम्पन्न”
- ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु
- किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने निर्णय
- एमाले अछामद्धारा जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन
- नेकपा एमाले कमलबजार नगर कमिटीले निकाल्याे मोटरसाईकल र्याली
- कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न आह्वान
- छाउप्रथा अन्त्यका लागि विशेष अभियान संचालन गरिने
- कमलबजार नगरपालिका नागरिकलाई अनुभूति हुने गरि सुशासनको प्रत्याभूत दिन प्रतिबद्ध छ : अधिकृत शाही
