अछाम , कार्तिक १३ । नेकपा एमाले अछामले जिल्ला प्रशासन कार्यालय अछाम मार्फत राष्ट्रपतिको कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । जेन्जीका जायज माग पूरा गर्नुपर्ने, घाइतेको उपचारमा तदारुकता देखाउनुपर्ने , जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति माथि क्षति पुर्याउने व्यक्तिको पहिचान गरि कानुनको दायरामा ल्याउनुपर्ने र संसद पुनस्र्थापना गर्नुपर्ने लगायतका माग राख्दै अछामका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो । वर्तमान सरकार असंवैधानिक तरिका बाट आएको भन्दै यो यसले देश र जनताको पक्षमा काम गर्न नसक्ने भएकाले प्रधानमन्त्री सुशीला कार्कीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा पार्टीले जोड दिएको छ ।
मंगलसेनको पार्टी कार्यालयबाट सद्भाव र्याली सहित मंगलसेनको विचबजारमा कोणसभा गरेको पार्टीले जिल्ला प्रशासन कार्यालय अछाममा पुगेर ज्ञापनपत्र बुझाएको एमाले अछामका सचिव हिरण्ड प्रसाद भट्टराईले जानकारी दिनुभएको छ । ज्ञापनपत्र नेकपा एमाले अछामका अध्यक्ष शिव प्रसाद उपाध्यायले वाचन गर्दै प्रमुख जिल्ला अधिकारीलाई बुझाउनु भएको थियोे । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहरा, केन्द्रीय सदस्य एवं क्षेत्र न २ का ईन्चार्ज यज्ञ बहादुर बोगटी, केन्द्रीय सदस्य कमल तिमिल्सिना, प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशी, एमाले अछामका पुर्व जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, जिल्ला कमिटीका पदाधिकारी , प्रदेश कमिटी सदस्य लगायत जनवर्गीय संगठनका प्रमुखहरूको सहभागीता रहेको थियोे ।
Trending
- “विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम तुर्माखाँद गाउँपालिका १ रहफको बिन्द्रासैनि माविमा सम्पन्न”
- ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु
- किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने निर्णय
- एमाले अछामद्धारा जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन
- नेकपा एमाले कमलबजार नगर कमिटीले निकाल्याे मोटरसाईकल र्याली
- कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न आह्वान
- छाउप्रथा अन्त्यका लागि विशेष अभियान संचालन गरिने
- कमलबजार नगरपालिका नागरिकलाई अनुभूति हुने गरि सुशासनको प्रत्याभूत दिन प्रतिबद्ध छ : अधिकृत शाही
