अछाम, पौष २६ । प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैटौं जिल्ला अधिवेशनको बन्दशत्र बाट रमेश परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन भएको छ । जस्को उपाध्यक्षमा शंकर थापा , सचिव लालबहादुर चँदारा , कोषाध्यक्ष तुलक्षा बोहरा , सह – सचिव नेत्र बहादुर साउँद , सदस्य कमल थापा , मनोज कुमार सार्की , रमिता विक , टेकराज विक रहेका छन । सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदले प्रमुख अतिथिको आसनबाट बोल्दै : संचारकर्मीहरुलाई अहिलेकाे पत्रकारिता फरक ढंगले गर्नुपर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेकाे डिजिटल जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनुपर्ने बताउनु भयो । साथै उहाँले प्रेस सेन्टर नेपालले आफ्नो फरक पहिचान देखाउनुपर्ने पनि बताउनु भयो ।
मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले विशिस्ट अतिथिको आसनबाट बोल्दै :जिल्ला स्थित सम्पूर्ण मिडियाकर्मीहरुले आफ्नो आस्था विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन सामुहिक रुपमा एकताबद्द भएर अघि बढन र जनपक्षीय काम गर्न आग्रह गर्नुभएको छ । यस्तै प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाहीले विशिस्ट अतिथिको आसनबाट बोल्दै : प्रगतिशील पत्रकारहरुलाई एकीकृत गर्दै सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्ने, पत्रकारहरुको आवाज बुलन्द हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको प्रबर्द्धन र समाज प्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ । अधिवेशनमा नेपाल पत्रकार महासंघ अछामका निवर्तमान अध्यक्ष खम्म सिंह खत्री , नेपाल पत्रकार महासंघ अछामका सह सचिव एकेन्द्र महता , नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गिता कुँवर, नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का , प्रेस चौतारी अछामका कल्पना बोहरा , उद्योग बाणिज्य संघ अछामका दल बहादुर साउँद ,राष्ट्रिय दलित पत्रकार संघ नेपाल अछामका पूर्व अध्यक्ष सुरत सुनार , माओवादी केन्द्र साँफेबगरका नेत्र परियार , एकीकृत अखिल नेपाल शिक्षक संगठन साँफेबगरका रुप कुमार ओड , अनेमसंघ (क्रान्तिकारी ) का मिना अधिकारी , जिल्ला स्थित अन्य जनवर्गीय संगठनकाहरुका प्रमुख तथा प्रतिनिधिहरु र जिल्ला स्थित मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
प्रेस सेन्टर अछामका सदस्य मनोज भुलले स्वागत मन्तव्य राख्नुभएको अधिवेशनको संचालन पत्रकार लालबहादुर चदाराले गर्नुभएको थियो ।

3 attachments • Scanned by Gmail
