एकिकृत समाजवादी पार्टीप्रति जनता माझ आकर्षण वढ्दै गएको केन्द्रिय कमिटी सचिव कुँवरको जिकिर नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) अछामको १० दिने पालिका स्तरीय विशेष अभियान सम्पन्न भएको छ । पुष १० गते साँफेबगरबाट सुरु भएको अभियानको आज पन्चदेवल विनायक नगरपालिकामा समापन गरिएको छ । अभियान अन्र्तगत पुष १० गते साँफेबगर, ११ गते चौरपाटी, १२ गते मेल्लेख, १३ गते वान्नीगढी जयगढ, १४ गते रामारोशन, १५ गते मंगलसैन, १६ गते कमलवजार, १७ गते ढकारी र आज पन्चदेवल विनायक नगरपालिकामा विशेष अभियानको समापन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य एवंम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो । पन्चदेवल विनायक नगर कमिटीका अध्यक्ष ललित शाहीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सचिव शेरबहादुर कुँवर रहनु भएको थियो । अभियानलाई सम्वोधन गर्दै केन्द्रिय कमिटी सचिव कुँवरले एकिकृत समाजवादी पार्टीप्रति जनता माझ आकर्षण वढ्दै गएको जानकारी दिनुभयो । गाउँ–गाउँमा पार्टीप्रति जनताको उत्साह थपिदै गएको दावि गर्नुभयो । यस्तै उहाँले नेता कार्यकर्तालाई कुनै विचलित नभएर पार्टीको संगठन निर्माण लाग्न आग्रह गर्नुभयो । उहाँले मुलुक बनाउन, आर्थिक समृद्धिका लागि र संविधान अनुसार समाजवाद तर्फको भविष्य सुनिश्चित गर्नको लागि एकिकृत समाजवादी पार्टीको विकल्प नरहेको जिकिर गर्नुभयो । कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय कमिटी सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवरले पार्टीका नीति कार्यक्रमलाई जनता माझ लैजान पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । वैठकमा प्रदेश कमिटी सदस्य भानुभक्त तिमिल्सैना, जिल्ला कमिटी अध्यक्ष योगेन्द्र विष्ट, उप–सचिव हिक्मत कुँवर, मेल्लेख ईन्चार्ज नृप साउद, जिल्ला कमिटी सचिवालय सदस्य नृप कुँवर, कमल अधिकारी, पन्चदेवल विनायक नगरपालिका वडा नं.२ का अध्यक्ष कृपा धामी, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो । जिल्ला कमिटी सदस्य हस्त नेपालीले स्वागत मन्तव्य राख्नुभएको वैठकको सञ्चालन केशव शाहीले गर्नुभएको थियो ।
Trending
- “विद्यालय स्तरीय वक्तित्वकला कार्यक्रम तुर्माखाँद गाउँपालिका १ रहफको बिन्द्रासैनि माविमा सम्पन्न”
- ऐतिहासिक मुङ्ग्रा धारा संरक्षणको पहल सुरु
- किशोरी सुचना केन्द्रलाई प्रभावकारी बनाईने निर्णय
- एमाले अछामद्धारा जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन
- नेकपा एमाले कमलबजार नगर कमिटीले निकाल्याे मोटरसाईकल र्याली
- कृषि विकास कार्यक्रम संचालनका लागी प्रस्ताव पेश गर्न आह्वान
- छाउप्रथा अन्त्यका लागि विशेष अभियान संचालन गरिने
- कमलबजार नगरपालिका नागरिकलाई अनुभूति हुने गरि सुशासनको प्रत्याभूत दिन प्रतिबद्ध छ : अधिकृत शाही
