Author: हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाण्डौ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले चैत १ गते पेसी तोक्न आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ताको निर्णयलाई प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ ।…

Read More

काठमाण्डौ – पालिकाको अध्यक्ष वा मेयर पदबाट राजीनामा दिएर प्रतिनिधि सभा चुनावमा उम्मेदवार बनेका १० जना मध्ये दुई जना मात्रै विजयी भएका छन् । उम्मेदवार बनेका मध्ये काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्कराज राई मात्रै निर्वाचित हुनुभएको हो । राम्रो काम गरेको भन्दै चर्चा कमाएका भरतपुर चितवनको महानगरपालिकाकी मेयर रेणु दाहाल र काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जू श्रेष्ठ संसदीय चुनावमा पराजित हुनुभयो । यस्तै पदबाट राजिनामा दिएर उम्मेदवार बनेका मोरङको रङ्गेली नगरपालिकाका मेयर दीलिप अग्रवाल, इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई, कैलालीको टीकापुर नगरपालिका मेयर रामलाल डगौरा थारु सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष अशिम राई,…

Read More