काठमाण्डौ – एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । चैत पहिलो हप्तादेखि शुरू हुने लिगका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज खेल तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार आउँदो चैत ४ गते हुने उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब खेल्नेछन् । १० टोली सहभागी हुने लिगका सबै खेलहरू च्यासल रङ्गशालामा हुनेछन् । लिगमा न्युरोड टिम (एनआरटी), त्रिभुवन आर्मी क्लब, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, राप्ती फुटबल क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, चर्च बोइज युनाइटेड, आरएस पोखरा, झपा फुटबल क्लब र सङ्कटा फुटबल क्लबले खेल्दैछन् । एन्फा महिला राष्ट्रिय लिग २०८३ सालको वैशाख…
Author: हिक्मत नेपाली
२७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतका साथ निर्वाचित भए । विभिन्न अदालतमा विचाराधीन भएका मुद्दाले उनलाई कत्तिको असर पार्छ ? भनेर अहिले चासोका साथ हेरिएको छ । अन्यत्र भन्दा पनि जिल्ला अदालत कास्कीमा लामिछानेविरुद्ध चलेको मुद्दा अलि बढी चासोका साथ हेरिएको छ । किनभने त्यहाँ उनी लगायतमाथि सहकारी ठगीको साथै सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनको दफा २७ मा मुद्दा लागेपछि प्रचलित कानून बमोजिम स्थापित संस्थाको कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वत: निलम्बन भएको मानिने व्यवस्था छ । ऐनको उक्त दफामा भनिएको छ, ‘…यस ऐन बमोजिम…
२८ फागुन, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।
२८ फागुन, काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए । भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले…
काठमाण्डाै – गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गर्नुभएको छ । निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । यसअघि झापा–५ बाट विजयी रास्वपाका…
काठमाण्डौ – हिजो लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको शेयर बजार आज भने उच्च अङ्कले घटेको छ । चुनाव पछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनु परेको थियो । हिजो नेप्से ६ प्रतिशत अर्थात् १६२ अङ्कले बढेको थियो । आज शेयर बजार परिसूचक नेप्से ३२.८ अङ्कले घटेर २८४३.३५ विन्दुमा झरेको छ । विमा र म्युचुअल फण्ड बाहेक सबै समूहको शेयर घट्दा फाइनान्स र व्यापार समूहमा दुई प्रतिशतभन्दा धेरैले घट्यो । हिमस्टार उर्जा कम्पनीको शेयर झन्डै साढे ६ प्रतिशतले घट्यो । समग्रमा बजार घटेको दिन रियलाइन्स स्पिनिङ मिल र साल्पा…
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार ९ हजार ५१८ मत ल्याउँदै उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का बलबहादुर कुँवरले ६ हजार ४९३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठल नेता बालेन शाहका सारथी भुपदेव शाह पराजित हुन पुगेका छन् । उनले ४ हजार ५६२ मत मात्रै ल्याए । देशभर रास्वपाका उम्मेदवार निर्वाचित भइरहँदा उनी भने पराजित हुन पुगेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भुपदेव स्वकीय सचिव थिए ।
चीन र उत्तर कोरियाबीच ६ वर्षपछि यात्रुवाहक रेल सेवा भोलिदेखि फेरि शुरू हुने भएको छ । यसले कोभिड–१९ महामारीका कारण ६ वर्षदेखि बन्द रहेको यातायात सम्पर्कलाई पुनर्जीवित गर्ने चीनको रेल सञ्चालकले जनाएका बीबीसीले जनाएको छ । बेइजिङ र प्योङयाङबीचको रेल सेवा हप्तामा चार पटक सञ्चालन हुनेछ भने चिनियाँ सीमावर्ती शहर डान्डोङ र उत्तर कोरियाली राजधानीबीचको सेवा दैनिक सञ्चालन हुने चाइना रेल्वेको सूचनामा उल्लेख छ । रेल सेवा चीन र उत्तर कोरियाबीचको मित्रतालाई बलियो बनाउने गतिशील कडी भएको चाइना रेल्वेले भनेको छ । चीन कोरोना महामारीअघिको अवस्थामा फर्किसकेको भए पनि उत्तर कोरियाले सन् २०२४ देखि सीमित सङ्ख्या पर्यटकलाई प्रवेश गर्न अनुमति…
काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत समानुपातिकतर्फ अहिलेसम्म १ कराेड २ लाख २७ हजार ८७२ मतगणना भएको छ । निर्वाचन आयोगकाे पछिल्लाे विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ४८ प्रतिशत अर्थात् ४९ लाख १५ हजार ३३० मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले १६ लाख ६४ हजार १८२, नेकपा (एमाले) ले १३ लाख ८२ हजार ९२५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ लाख ४७ हजार ३०२, श्रम संस्कृति पार्टीले ३ लाख ४५ हजार ९९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २१ हजार ७७१ मत प्राप्त गरेको छ । याे परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा…
काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।
