Author: हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

हिक्मत बहादुर नेपाली अछाम चैत १७ । कमलबजार नगरपालिका वडा नं ७ फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण गरिएको छ । फल्टाने स्थित फल्टाने महिला कृषक समुुहका २५ जना कृषक लाई च्याउको बीउ वितरण गरिएको हो । कमलबजार नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक शुनिल कुँवरले च्याउ उत्पादनका विभिन्न प्रकृयाका सम्बन्धमा नमुना अभ्यास समेत गराउनु भएको थियोे । बीउ वितरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालको उपस्थिति रहेको थियोे । नगरप्रमुख ढकालले कृषक लाई च्याउकाे बीउ हस्तान्तरण गर्दै कृषक लाई व्यवसायीक तरकारी खेती गरि उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले कृषकले उत्पादन गरेको खाद्य वस्तु तथा…

Read More

हिक्मत बहादुर नेपाली अछाम चैत १० । विश्व क्षयरोग दिवसका अवसरमा स्वास्थ कार्यालय अछामको आयोजनामा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम आज मंगलसेनमा सम्पन्न भएको छ । ‘हो हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नाराका साथमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारगृहमा कार्यरत सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियोे । कार्यक्रममा क्षयरोगको अवस्था र न्यूनीकरणका लागि गर्नुपर्ने कार्यका बिषयमा जानकारी गराईएको थियोे । अछाममा आव २०८२/८३ को क्षयरोग संक्रमितको तथ्यांक अनुसार गत फाल्गुन महिनाको अन्त्य सम्म ९२ जना क्षयरोग संक्रमित दर्ता भएर उपचार प्रक्रियामा रहेको बताईएको छ । यश आवको हाल सम्म ७ जनाको मृत्यु…

Read More

विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश

Read More

अछाम चैत्र ०५ । कमलबजार नगरपालिका वडा नं ७ सेराको वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन गरिएको छ । कमलबजार नगरपालिका वडा नं ७ को आ.व २०८२/८३ को बजेटमा ७ लाख रकम बिनियोजन गरेको छ । विनियोजित बजेट बाट भवनको झ्याल ढोका निमार्ण च्यानेल गेट, रंङरोगन, प्राङगण सरसफाई, खानेपानी धारा निमार्ण लगायतका काम सञ्चालन भईरहेका छन । प्राविधिक स्टमेट अनुसार भवन निमार्ण कार्य सञ्चालन भएर अन्तीम चरणमा पुगेको प्राविधिकको भनाई छ । भवन निमार्णका लागी गत बर्ष वडा कार्यालय बाट २० लाख बजेट विनियोजन गरिएको थियो । बाँकी रहेको काम सम्पन्न गर्नका लागी यस बर्ष ७ लाख विनियोजन गरि कार्यान्वयनको…

Read More

हिक्मत बहादुर नेपाली अछाम चैत्र ४ । कमलबजार नगरपालिका वडा नं ५ कुईका स्थित गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन गरिएको छ । कमलबजार नगरपालिकाको आ.व २०८२/८३ को बजेटमा ५ लाख रकम बिनियोजन गरेको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले सडक निमार्ण योजनाको अनुगमन गरेको हो । अनुगमनमा योजना शाखामा कार्यरत सहायक पाँचौं बिरेन्द्र तिमिल्सैना, प्राविधिक शाखा प्रमुख अम्वेश्वरी कुँवर, प्राविधिक गौतम कुमार रोकामगर, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो । प्राविधिक स्टमेट अनुसार सडक  निमार्ण कार्य भएको  प्राविधिकको भनाई छ ।

Read More

हिक्मत बहादुर नेपाली अछाम फाल्गुन २९ । श्री जाल्पा देवी माद्यामिक विद्यालय ढाँकुमा जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाललेले आफ्नी स्वर्गीय आमा जानकी देवी ढकालको १५ औ स्मृती दिवसका अवसरमा अक्षयकोष स्थापना गर्नु भएको हो । रु १ लाख नगद राशीको अक्षयकोष स्थापनाका लागी आज एक कार्यक्रमका विच ढकालले विद्यालयका प्रधानाध्यापक जनक बहादुर भण्डारी र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रजा बहादुर बोगटी लाई १ लाख नगद हस्तान्तरण गर्नु भएको हो । अक्षयकोष बाट आएको बार्षिक व्याज बाट प्राप्त हुने रकम विद्यालयको कक्षा ८ मा प्रथम हुने व्यक्ति लाई पुरस्कार वितरण…

Read More

अछाम फाल्गुन २९ । कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण कार्यक्रम श्री जाल्पा देवी मावि ढाँकुमा आज सम्पन्न भएको छ । कमलबजार नगरपालिका वडा नं ७ जामाकी स्वर्गीय कलुदेवी खतिवडाको स्मृतीमा निजका छोरा शिव प्रसाद जैसीले २०७६ सालमा एक लाखको अक्षयकोष स्थापना गर्नु भएको थियो । छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले २०७६ देखी २०८१ सम्म प्रत्येक बर्ष विद्यालय बाट एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रा लाई जनही १० हजार नगद पुरस्कार वितरण गरिएको हो । अक्षयकोषका संस्थापक शिव प्रसाद जैसीको विशेष उपस्थितीमा ६ जना छात्रा लाई पुरस्कार वितरण गरिएको हो । संस्थापक जैसीले माद्यामिक तहको शिक्षा सोहि विद्यालय बाट…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो । अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि…

Read More

हिक्मत बहादुर नेपाली अछाम फाल्गुन २४ । अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी बिजयी हुनु भएको छ । शुक्रवार विहान १० ः ३० बजे बाट सुरु भएको मत गरणा आज राती ९ बजे सकिएको हो । अछाम क्षेत्र नं २ मा कुल खसेको ः ३२ हजार ४ सय ०८ मध्ये नेकपा एमालेका यज्ञबहादुर बोगटी ९ हजार ५ सय १८ प्राप्त गरि विजयी हुनु भयो । यस्तै उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेशका पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गर्नु भयो । नेकपा…

Read More

हिक्मत बहादुर नेपाली अछाम फाल्गुन २६ । अछाम क्षेत्र नं २ को समानुपातिक तर्फको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन कार्यालय मंगलसेनले आज सार्वजनिक गरेको मत परिणाम अनुसार प्रत्येक्षमा एमालेले जितेपनी समानुपातिकमा कांगेश ५ सय २७ मतले एमाले भन्दा अगाडी देखिएको छ । अछाम क्षेत्र नं २ मा ८३ हजार ७ सय ५३ मतदाता रहेकोमा फाल्गुन २१ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा ३२ हजार ६ सय ५० मत खसेको थियो । जस मध्ये समानुपातिक तर्फ १ हजार ५ सय ३१ मत बदर भएको छ । जम्मा सदर मत ३१ हजार १ सय १९ मत मध्ये नेपाल कम्युनिष्ट पार्टी…

Read More