Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
Facebook X (Twitter) Instagram
Trending
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Wednesday, July 29
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM

हिक्मत नेपालीBy हिक्मत नेपालीJune 2, 2026Updated:June 2, 2026 अछाम No Comments6 Mins Read

सुशासको प्रत्याभुती दिलाउन देशका प्रत्येक स्थानीय तहमा दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाउने नेपाल सरकारको निर्णय भए बमोजिम यतिवेला अधिकांश पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटिएर कार्य सम्पादन गरिरहेका छन । अछामको सदरमुकाम समेर रहेको मंगलसैन नगरपालिकामा यति बेला  पालिकाकाे दरबन्दी अनुसारकै  प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना हुनुहुन्छ । उहाँ संग पालिकाको समग्र सेवा प्रवाह केकसरी भईरहेको छ । साथै लैंगिक समानता समावेशी विकास तथा समावेशीकरणका सन्दर्भमा र अन्य सार्वजनिक सरोकारका बिषयमा कमलबजार मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो केबिएम एफएम ८९.९ मेगाहर्ज का प्रवन्धक र कमलबजार दैनिक डटकमका सम्पादक हिक्मत बहादुर नेपालीले गरेको सम्वादको सम्पादित अंश ।

कमलबजार मिडिया प्रा.लि द्धारा सञ्चालित रेडियो केबिएम एफएम ८९.९ मेगाहर्ज र कमलबजार दैनिक डटकम बाट प्रकाशन/प्रसारण हुने विशेष सम्वादमा यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद यहाँलाई यो अवसरका लागी ।
तपाई मंगलसैन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्वेवारी सम्हाले पश्चात पालिकाको सेवा प्रवाह के कसरी भईरहेको छ ?

यो नगरपालिकामा म आए पश्चात् नितिगत रुपमा स्थानीय सरकार संचालन ऐनमा तोकिएको जिम्मेवारी अनुसारनै हामीले काम गर्दै आएका छौँ । नेपाल सरकारले हामी लाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राालय बाट विभिन्न मितिमा विभिन्न किसिमका परिपत्र भए अनुरुपका क्रियाकलाप पनि गर्दै आएका छौं । र नियमित दैनिक सेवा प्रवाहका काम कारबाहीका अतिरिक्त विकास निर्माणका कामका अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने गुणस्तर सुनिश्चितता लागि प्राविधिक टोली सहित सम्बन्धित निर्माण स्थलमा गई, उपभोक्ता समिति लाई भेटेर, त्यहा काम गर्ने जनशक्ति (कर्मी) हरुलाई भेटेर तोकिएको मापदण्ड (नम्स) अनुसार काम भएको छकी छैन भनेर चासो दिएर निरीक्षण गर्ने कार्यलाई तिव्रता दिएका छौँ । यसरी हामीले कार्य सम्पादन गरिरहेका छौँ ।
प्रश्न : तपाईं यश अघि विभित्र कार्यालयमा कार्यालय प्रमुख भएर काम गरिसक्नु भएको छ, हाल मंगलसैन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्छ । सरकारले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा चुनौतीको सामना के कसरी गरिरहनु भएको छ र यश पालिकामा के कस्ता सम्भावना छन ?
उत्तर : समस्याका सन्दर्भमा कुरा गर्दा भौगोलिक कठिनाइ छ जसका कारण थप प्राविधिक कठिनाइ पनि छ । त्यो तवरले विश्लेषण गर्दा जनताका आकांक्षा राखेका छन, माग राखेका छन सो अपेक्षा अनुसार सेवा दिन नसकिरहेको अवस्था छ । नगरपालिका संग आन्तरिक श्रोत न्यून भएको कारणले माग अनुसारको आपूर्ति गर्न सकिएको अवस्था छैन । तथापि मागको प्राथमिकताका आधारमा काम गरिरहेको अवस्था छ । र अहिलेको बदलिँदो परिवेश अनुसार जनताको ईच्छा आकांक्षा र माग बढिरहेका छन नगरपालिका पनि सम्बोधन गरिदिए हुन्थ्यो भन्ने आवश्यकता दिनानुदिन बढी रहेको अवस्था छ तर एउटा नगरपालिकाले मात्र विकास गर्ने भन्दापनि समग्र विकासका लागि सबैको साझा प्रयास आवश्यक रहन्छ । त्यसका लागि नागरिक समाज अन्य सरोकारवाला व्यक्ति संस्था सबैले उतिकै चासो चिन्तन मनन गरेर लगावका साथ काम गर्नेहो भने पक्कै पनि परिवर्तन गर्न सकिन्छ । यस्तो लागि बाटो देखाउने निति निर्माण गर्ने काम पालिकाको हो , तर व्यवहारमा ल्याउने रुपान्तरण गर्ने काम, अभ्यासमा जाने काम यहीँकै स्थानीय जनताले जागरणकै रुपमा चासो चिन्तनको रुपमा लिएर अगाडि बढ्नेहो भने विकास अगाडि बढेने देखिन्छ । मैले १ महिनाको अवधिमा नजिक बाट नियाल्दा यहाँ बसाइँसराइ बढेको कारण योजनाको समयमै काम सम्पन्न गर्न लाई उपभोक्ता गठन गर्दा जिम्मेवारी लिनका लागि कठिनाइ अर्थात मानव संसाधनको कमि भैरहेको पाए । साना योजनाका काम गर्नका लागि पनि जनशक्ति तराई तिर बाट अझ भनौं छिमेकी देशबाट आएर व्यवस्थापन गर्नुपर्ने र काम गर्नुपर्ने अवस्था देखिएका छ । यसलाई मैले डरलाग्दो समस्याको रुपमा लिएको छु । यो पलायन लाई थाम्न सक्ने यहीँ रोक्न रोजगार दिन सक्ने खालका कार्यक्रम आए भने जनतालाई राहत हुने थियोे । जनशक्तिको अभाव पनि हुने थिएन । योजना चाहिएको छ बजेट चाहिएको छ तर काम गर्ने जनशक्तिको अभाव छ । उपभोक्ता समिति गठन गर्न होस की अनुगमन निरीक्षण गर्न, जिम्मेवारी लिन त्यसको कमजोरी भएको अवस्था छ । मैले नजिक बाट नियाल्दा यो चुनौती पाए ,वास्तवमा यो ठुलो समस्या रुपमा छ ।
प्रश्न : सेवा प्रवाह संगै नागरिकको सन्तुष्टि लाई विभिन्न मुल्यांकन गर्ने विभिन्न मापदण्ड सूचकहरु पनि छन । बजेटमा लैंगिक समानता, समावेशी विकास, समावेशीकरणका कुरा प्राथमिकताका साथ हेरिन्छ यश सन्दर्भमा मंगलसैन नगरपालिकाले कसरी समन्वय सहजीकरण गरिरहेको छ, आगामी दिनमा के कार्ययोजना छ ?
उत्तर : समग्र समानुपातिक विकासका लागि नेपालमा भएका समग्र वर्ग , तह र तप्कालाई समेटेर विकासका कार्यलाई सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सबै तहका विकास निर्माणका योजना अभ्यासको चरणमा हामी अगाडि बढ्छौ र योजना हरु छनोट गरेर त्यही वर्ग र समुदाय लक्षित क्षेत्र लाई समेटेर लिन्छौं । विभिन्न मुल्यांकन गर्ने पद्धति मध्ये हाल एलजीपार (ीन्एब्क्) कार्यान्वयनमा छ । त्यसमा सामाजिक आर्थिक पुर्वाधार सुशासन लगायतका क्षेत्र समेटेर सन्तुलित समावेशी र समतामूलक न्यायोचित ढंगले अगाडि बढ्नुपर्ने योजना तर्जुमा दिगदर्शनले पनि मार्गदर्शन गरेको छ । हाम्रो कानुन सविधान ऐनमा उल्लेख भए बमोजिम हामीले समावेशी तवरले लक्षित वर्ग महिला बालबालिका दलित अल्पसंख्यक अपांग लगायत सबै वर्ग र तह तप्का लाई समेट्ने गरी कार्य सञ्चालन भैरहेको अवस्था छ।
प्रश्न : यश पालिकामा असल अभ्यास हरु केके छन सबै वस्तु स्थिति लाई हेर्दा सम्भाव्यता हरु केके छन यहाँको विचारमा ?
उत्तर  असल अभ्यासका सन्दर्भमा ठ्याक्कै विश्लेषण गरेर भन्न सकिने अवस्था अहिले नै छैन । जति नगरपालिकाले कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेको छ जगको रुपमा काम गरेझैं लाग्छ । नगरपालिकाले अहिले सम्म के नै गरेको छ भन्ने जनमानसमा प्रश्न त छ सिमित श्रोत साधनका विच उर्लिदो माग लाई सम्बोधन गर्न नसकेको कारण जनतामा नैराश्यता पनि छ । उल्लेख काम भन्ने नभएता पनि सडक सञ्जाल बाटो, खानेपानीको अवस्था हेर्दा समस्याको रुपमा रहेको छ । सिँचाइ खानेपानी लगायतका क्षेत्र आवश्यकताको योजना जस्तो लागिरहेको छ । नियमित रुपमै कार्यको रुपमा लिएका छौँ ।
प्रश्न : मंगलसैन नगरपालिका जिल्ला सदरमुकाम रहेको क्षेत्र भएकाले बजार आसपासका क्षेत्रमा केही विकसित देखिएता पनि पालिका भित्रका १४ वडा मध्ये केही वडा भौगोलिक कठिनाइले दुर्गम समेत छन । तपाईं एक महिनाको अवधिमा अधिकांश क्षेत्रमा प्रत्येक्ष पुग्नु भएको छ । के कस्तो छ वस्तुगत अवस्था र समग्र क्षेत्रको विकासका लागि ककसले केके गर्न जरुरी छ ?
उत्तर : साँच्चिकै भन्नुपर्दा पालिकाको केन्द्र देखि केहि वडा निकै टाढा पनि रहेछन । ४०÷४५ किलोमिटर दुरी टाढा समेत रहेछन् दुर दराजका क्षेत्र, जस्तै १३ नम्बर वडा वस्ती निकै टाढा रहेछ त्यो क्षेत्रमा पनि म पुगेर वस्तुगत अवस्था नियाल्दा केही भौगोलिक कठिनाइका विच केही सुन्दर रमणीय र खेतीयोग्य क्षेत्र पनि रहेछन् , वन क्षेत्र प्रयाप्त भएकोले केही सम्भावना पनि देखिन्छ । वस्ती पातलो रहेछ त्यस क्षेत्रमा तर योजना र माग अत्यधिक छ एक ठाउँ बाट अर्को ठाउँ जान बाटो पनि चाहिने विद्यालय पनि चाहिने स्वास्थ चौकी लगायत सबै किसिमका पुर्वाधार उतिकै चाहिने भए तर जनघनत्व र वस्ती पातलो भएकोले माग अनुसारका पुर्वाधार पुर्याउन नसकिने चुनौती छ उतिकै छ खर्चिलो उतिकै छ । भौगोलिक कठिनाइका कारण काम गर्न पनि अप्ठ्यारो छ । यहाले भने जस्तै टाढाका दुरदराजका वडामा समानुपातिक रुपमा विकास गर्न चुनौती नै देखे मैले ।
संवाद विस्तृतमा हेर्ने सुन्न यो भिडियो लिंकमा जान सक्नु हुनेछ ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता

ट्रेन्डिङ
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.