Close Menu
KBM FM Achham
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
Recent Posts
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
Facebook X (Twitter) Instagram
Trending

  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी
Facebook X (Twitter) Instagram
KBM FM AchhamKBM FM Achham
Subscribe
Tuesday, July 28
  • अछाम
  • अर्थ व्यवसाय
  • राजनिती
  • समाज
  • विश्व
  • कला
  • खेलकुद
  • मनोरञ्जन
  • रेडियो कार्यक्रम
  • विचार
KBM FM Achham

कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो

हिक्मत नेपालीBy हिक्मत नेपालीJuly 4, 2026 अछाम No Comments2 Mins Read

अछाम, असार २०।
क्षयरोगको समयमै पहिचान, नियन्त्रण तथा समुदायस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कमलबजार नगरपालिकामा सञ्चालन गरिएको AI Portable X-ray आधारित क्षयरोग स्क्रिनिङ अभियान प्रभावकारी बनेको छ। अभियान अन्तर्गत दुई दिनमा ३६६ जना नागरिकले निःशुल्क क्षयरोग स्क्रिनिङ सेवा प्राप्त गरेका छन्।
कमलबजार नगरपालिकाका जनस्वास्थ्य निरीक्षक टेक बहादुर बिष्टका अनुसार २०८३ साल असार १९ गते मष्टाबण्डाली स्वास्थ्य चौकीमा १५४ जना र २०८३ साल असार २० गते कमलबजार नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा २१२ जना गरी जम्मा ३६६ जनाको AI Portable X-ray मार्फत क्षयरोगसम्बन्धी स्क्रिनिङ गरिएको हो।
स्क्रिनिङका क्रममा केही व्यक्तिमा क्षयरोगको सम्भावित संकेत तथा शंकास्पद अवस्था देखिएकाले थप प्रयोगशाला परीक्षणका लागि उनीहरूको खकार (Sputum) नमुना सङ्कलन गरी बयालपाटा प्रादेशिक अस्पतालमा GenXpert परीक्षणका लागि पठाइएको जनस्वास्थ्य निरीक्षक बिष्टले जानकारी दिनुभयो। GenXpert परीक्षणको नतिजापछि आवश्यक उपचार प्रक्रिया तत्काल अगाडि बढाइने उहाँले बताउनुभयो।
उहाँका अनुसार AI Portable X-ray जस्तो आधुनिक प्रविधिको प्रयोगले समुदायमै पुगेर छोटो समयमै धेरै नागरिकको क्षयरोग स्क्रिनिङ गर्न सम्भव भएको छ। यसले रोगको प्रारम्भिक चरणमै पहिचान गर्न सहयोग पुग्ने, समयमै उपचार सुरु गर्न सहज हुने तथा समुदायमा क्षयरोगको संक्रमण फैलिन नियन्त्रण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
कमलबजार नगरपालिकाले आगामी दिनमा पनि यस्ता समुदायमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै क्षयरोगमुक्त समाज निर्माणतर्फ आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने जनाएको छ। साथै, दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्ने, तौल घट्ने, ज्वरो आउने, राति धेरै पसिना आउने वा अन्य क्षयरोगसँग सम्बन्धित लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई निःशुल्क जाँच तथा उपचार सेवा लिन सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।

हिक्मत नेपाली

हिक्मत नेपाली रेडियो केबीएम एफएम तथा केबीएमएफएम डट कमका प्रकाशक हुन्। उहाँले खोज–अनुसन्धान तथा समसामयिक विषयहरूमा निरन्तर कलम चलाउँछन् ।

सिफारिस

‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ

महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न

जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते

कमलबजारमा आँखा शिविर सञ्चालन हुदै

मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM

दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता

ट्रेन्डिङ
  • ‘सफ्ट स्किल्स’ लाई सफल करिअरको आधार : कर्पोरेट प्रशिक्षक आराधना श्रेष्ठ
  • कमलबजार नगरपालिकामा AI Portable X-ray मार्फत दुई दिनमै ३६६ जनाको क्षयरोग (TB) स्क्रिनिङ , सम्भावित बिरामीहरूको GenXpert परीक्षणका लागि बयालपाटा अस्पतालमा नमुना पठाइयो
  • महिला कर्मचारी र महिला जनप्रतिनिधीहरुका लागी लैगिकतामा आधारित हिंशा न्यूनिकरण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम कमलबजारमा सञ्चालन सम्पन्न
  • जीप दुर्घटना हुदा १ जनाको मृत्यु, ३ जना घाईते
  • कमलबजारमा आँखा शिविर सञ्चालन हुदै
  • मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद ढुंगाना संगको संवाद TEXT AUDIO VIDEO KBMFM
  • दुई दिने आँखा शिविर सुरु, सेवाग्राहीको उल्लेख्य सहभागीता
  • अछाममा जीप दुर्घटना हुदा ५ जना घाईते
  • आमाको वियोगपछि सुरु भएको रक्तदान यात्रा: ६५ पटक पुर्‍याएका बोहरा सम्मानित
  • प्रमुख प्रशासकीय अधिकृत शाहीको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न
  • कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर
  • फल्टानेका २५ कृषक लाई च्याउको बीउ वितरण
  • विश्व क्षयरोग दिवसका अवसरमा सञ्चारकर्मी तथा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • विश्व क्षयरोग दिवस २०८२ का सन्दर्भमा स्वास्थ्य कार्यालय अछाम द्वारा जनहितमा जारी स्वास्थ सन्देश
  • वडा कार्यालयको भवन निमार्ण योजनाको अनुगमन,बैशाख १ गते देखी प्रशासनीक भवन बाटै सेवा प्रवाह हुने
  • गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन
  • जानकी देवी ढकाल स्मृती अक्षयकोष स्थापना, ८ कक्षामा प्रथम हुने लाई पुरस्कार दिईने
  • छात्रालाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उदेश्यले कलुदेवी खतिवडा स्मृती अक्षयकोष पुरस्कार वितरण
  • ओली पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
  • अछाम क्षेत्र नं. २ को अन्तिम मत परिणाम सार्वजनिक एमालेका उम्मेदवार बोगटी बिजयी
© KBM FM. Designed by Hemraj Adhikari
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • हाम्रो टिम
  • सम्पर्क
  • विज्ञापन सम्पर्क
  • प्राइभेसी पोलिसी

Type above and press Enter to search. Press Esc to cancel.