अछामको कमलबजार नगरपालिका वडा नं १ मा गए राति हावाहुरी बर्षा संगै परेको चट्याङ लागेर ४ जना घाइते भएका छन । घाइते हुनेमा कमलबजार नगरपालिका वडा नं १ बस्ने १८ बर्षिय गिता कुमारी रावत बिष्ट, ३२ बर्षिय धिर्जा बजगाई, ३० वर्षिय सरस्वती बजगाई, र ५० वर्षिय मोतिकला बजगाई रहेकाे ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । घाइते मध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्राथमिक स्वास्थ केन्द्रका डाक्टर अनमोल थापाले जानकारी दिनुभयो । अन्य तीन जना घाइते लाई थप उपचारका लागि सदरमुकाम मंगलसेन रिफर गरिएको डा. थापाले बताउनु भयो । चट्याङ लागेर १ भैसी पनि मरेको र घरमा पनि क्षति भएको स्थानीय कमल विकले बताउनुभयो ।
अछाम जिल्लाको समग्र क्षतिको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश सपं विष्टले जानकारी दिनु भयो ।
Trending
- मष्टावण्डाली निर्माणाधीन गौरा महेश्वर मन्दिरको अनुगमन
- अछाममा आगलागीमा परि दुई जना नावालकको मृत्यु
- सुदुरपश्चिमेली समाज भारत तमिलनाडु द्वारा पत्रकार मलाती लाइ भव्य स्वागत सम्मान
- सुन्दर अछाम यातायात प्रा.लिको प्रधान कार्यालय एक कार्यक्रमका विच उद्घाटन
- पालिका स्तरिय पञ्च वार्षिय रणनीति योजना अन्तरगत कार्यशाला गोष्ठी कमलबजारमा सम्पन्न
- तुर्माखाद गापाको सार्वजनिक पद धारण गरेका व्यक्ति सबैका बालवालिकालाई सामुदायिक बिद्यालयमा भर्ना गर्ने सम्बन्धी सुचना
- १४ लाखमा निमार्ण भएको हिमालय खेल मैदानको अनुगमन
- उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न स्वतन्त्र विद्यार्थी युनियन कमलबजार बहुमुखी क्याम्पसको माग